पोखरामा राइड शेयरिङ निषेध गर्नु आपत्तिजनक: पठाओ
पाेखरा | असार १७, २०८१

पोखरा: यातायात व्यवस्था कार्यालय कास्कीले ‘राइड सेयरिङ’ एपमार्फत प्रदान गरिने सेवालाई असार ७ गतेदेखि रोक लगाएको छ।
यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना जारी गरेर ‘पठाओ’ ‘इन्ड्राइभ’जस्ता राइड शेयरिङमा रोक लगाएपछि तेस्रो दिन ट्राफिक प्रहरीले राइड शेयरिङ गर्ने २२ मोटर साइकल÷स्कुटर र चार ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही गर्यो।
सवारी तथा यातायात व्यवस्था नियमावली २०८० मा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सकिए पनि नियमनका लागि कार्यविधि बनेको छैन। कार्यविधि बनाउनुको सट्टा सेवा नै बन्द गराएपछि पठाओ नेपालले आपत्ति जनाएको छ। कानुनी अभ्यासलाई कार्यन्वयनमा लैजानुको सट्टा एकपक्षीयरुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाइएकोमा पठाओ नेपालको आपत्ति हो।
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले यातायात व्यवस्था कार्यालयले सिधै बन्द गराउन अग्रसर हुनु उचित नभएको बताए। ‘गण्डकीमा पनि राइड शेयरिङ प्लेटफर्मलाई सहजीकरणको आवश्यकता छ’, उनले भने।
काठमाडौँ उपत्यकामा राइड सेयरिङ सेवा दिँदै आएको पठाओविरुद्ध ५ वर्ष पहिला उच्च अदालत पाटनमा रिट दायर भएको थियो। रिटमाथिको सुनुवाइ गर्दै उच्चले सम्बन्धित निकायलाई राइड सेयरिङ प्लेटफर्म व्यवस्थित गर्नलाई आवश्यक थप कानुन तर्जुमा गर्न तथा राइड सेयरिङलाई बन्द नगर्नसमेत आदेश दियो।
फैसलामा पेशा, व्यवसाय र रोजगारको हकअन्तर्गत स्वस्थ व्यापार व्यवसायको पनि हक भएकोले सेवा गुणस्तरीय हुनुपर्ने उल्लेख गरेको छ। त्यसपश्चात यातायात व्यवस्था विभागले राइड शेयरिङ बन्द नगराउन २०७६ फागुन २९ गते सूचना जारी गर्यो । तर, गण्डकीमा भने विभागको आदेशसमेत नमानेर धरपकड गरिएको पठाओको आरोप छ।
यातायात व्यवस्था विभागले राइड सेयरिङलाई सञ्चालनका लागि अनुमति दिइरहेको र अदालतले पनि बन्द नगर्नु भनेका आधारमा अहिले कम्पनी सञ्चालन भइरहेको पठाओका प्रबन्ध निर्देशक बस्न्यातले बताए। गण्डकी प्रदेश सरकारले ल्याउनेजस्तो सुकै कानुन मान्न तयार रहेको बस्न्यातले प्रतिबद्धता जनाएका छन्।
गण्डकी प्रदेशको पोखरामा पठाओ नेपालले गत वैशाख १ देखि मोटरसाइकल तथा गत जेठ २४ देखि ट्याक्सीमार्फत राइड सेयरिङ व्यवसाय सुरू गरेको हो। ३ सय ट्याक्सी र १७ सय मोटरसाइकल, स्कुटरमार्फत सेवा प्रदान गर्दै आइरहेको पठाओले जनाएको छ।
पठाओले गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीसँग समेत आवश्यक समन्वय र सहजीकरणका लागि पत्राचार गरेको छ।
पठाओमार्फत पोखरामा मोटरसाइकल राइडरले मासिक औसत ६० हजार र ट्याक्सीले एक लाखसम्म कमाउने गरेको उल्लेख छ।
पठाओ नेपालले आफ्नो एप्लिकेशन प्लेटफर्मबाट कुनै पनि रुपमा सेवा दिन चाहने व्यक्तिलाई अनिवार्य रुपमा दर्ता गरी, आवश्यक जानकारी र तालिम दिइ, सुरक्षित तथा भरपर्दो रुपमा एप्लिकेशनको सूचना प्रविधि संयन्त्रभित्र परिचालित हुने व्यवस्था रहेको कम्पनीको दाबी छ।
अनलाइन राइड गर्ने सेवाग्राही र सेवा प्रदायकलाई कुनै किसिमको शारीरिक चोट, हानी वा नोक्सानी भएको अवस्थामा बीमाको समेत व्यवस्था गरिएको जनाइएको छ।
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...