सगरमाथा आरोहणको इतिहासबारे पर्वतीय संग्रहालयमा नयाँ 'डकुमेन्ट्री'
पाेखरा | असार १७, २०८१

पोखरा: पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ ।
अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।
संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ ।
एक सय वर्षअघि सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तिनै विषयलाई समेटेको डुकुमेन्ट्री देखाउन सुरु गरेको संग्रहालयले त्यतिबेलाका तस्वीरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो ।
सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरकोसमेत प्रर्दशनी गरिएको छ । प्रदर्शनीको उच्च अदालत पोखराका न्यायधिश धनसिङ महराले उद्घाटन । सन् १९७५ मा स्लोभेनियाका नागरिकले मकालु हिमालको आरोहण गरि विश्वका १४ वटा हिमाल आरोहण गरेका छन् ।
साथै पर्वतारोहण संघले संचालन गर्दै आएको मनाङ माउन्टेनेरिङ स्कुलमा पर्वतारोहणको लागि गाईड तालिम लगायतका कामसमेत गरेको छ । तीनै फोटाहरु प्रर्दशनीमा छन् । फोटो प्रदर्शनीले पर्वतारोहण संघ र संग्रहालयको सम्बन्धलाई अझै कसिलो बनाउने विश्वास गरिएको छ । ति ऐतिहासिक फोटोलाई अब नियमित प्रदर्शनीमा राखिनेछ ।
कार्यक्रममा उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नाटा गण्डकीका अध्यष हरिराम अधिकारी, टेवान अध्यक्ष कमला गिरी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सल्लहाकार हरिध्वज तुलाचन लगायतकोे उपस्थिती रहेको थियो ।
संग्रहालय हिमाल र हिमाली जनजीवनबारे अध्ययन अनुसन्धान गर्न चाहने पर्यटकको रोजाई बनेको छ । पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको संग्रहालय नेपाल पर्वतारोहण संघको मातहातमा सञ्चालनमा छ । संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा चालु वर्षमा १०५ देशका पर्यटकले भ्रमण गरेका गरेका छन् । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयको रेकर्डमा उल्लेख छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...