माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडाैं | असार १८, २०८१

माओवादीले बोलायो पदाधिकारी बैठक तस्बिर फाइल

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन्।


नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने मध्यरातमा सहमति भएपश्चात् प्रधानमन्त्री दाहालले पदाधिकारी बैठक आह्वान गरेका हुन्।


बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकमा वर्तमान परिस्थितिबारे छलफल हुनेछ।


एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्।


नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसले पनि पार्टीको पदाधिकारी बैठक बोलाएको छ। बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्

चितवन:  चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमु...

थप पढ्नुहोस्