फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडाैं | असार २२, २०८१

फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं:     पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो ।


जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो । पोर्चुगललाई ५–३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो ।


यसअघि भएको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २(१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।


शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्