अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश
काठमाडाैं | असार २६, २०८१
काठमाडौं: साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।
पहिलो हाफको २३औं मिनेटमा जुलियन अल्भारेजले रोर्डिगो डे पाउलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १(० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफको ५१औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन् ।
लियोनल मेस्सीको कोपा अमेरिकामा यो पहिलो गोल हो । अब अर्जेन्टिनाले दोस्रो हुने सेमिफाइनल कोलम्बिया र उरुग्वेबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

