कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित

काठमाडाैं | असार २२, २०७९

कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित

 

काठमाण्डौँ:   कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा  सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।

 

विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्