त्रिशूली नदीमा दुई वटा बस बेपत्ता

चितवन | असार २८, २०८१

त्रिशूली नदीमा दुई वटा बस बेपत्ता

चितवन:     अविरल वर्षाका  कारण पहिरोमा परी बस त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् ।


सशस्त्र प्रहरीका अनुसार  आज बिहान ३ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । 


बीरगन्जबाट आएको गाडीमा २०–२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । 


उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  नं. १७ गण चितवनबाट बाट ३५  जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । 


ढुङ्गा खसी बसमा बस चालकको मृत्यु 


यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला  भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी  सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।


बस घटना स्थलमै  रहेको बसमा सवार यात्रुहरुलाई   केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।  बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २०  जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ ।  बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

पोखरा:   पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गो...

थप पढ्नुहोस्

काठमाडौंः   जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानका...

थप पढ्नुहोस्

काठमाडौं:  जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सु...

थप पढ्नुहोस्