कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते

पाेखरा | असार २८, २०८१

कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते

पोखरा:   कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य  भएको हो । कास्कीको पोखरा महानगरपालिका नम्बर १९, ३२ र मादी गाउँपालिकामा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएर ३ जना घाइते भएका छन् ।  


पोखरा महानगर–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । 


उनका अनुसार बिहीबार राति १० बजेतीर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय आमा लक्षिमा परियार, छोरी १५ वर्षीय प्रशना परियार , २० वर्षीय प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र उद्धार गर्ने क्रममा तल्लोकोट बस्ने राधिका परियारको मृत्यु भएको हो । 

 


छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको सूचना अधिकारी शर्माले बताए । 


पहिरोमा पुरिएर १७ वर्षीय पवन परियार र ३१ वर्षीय कुमार परियार घाइते भएका छन् र उनीहरु उपचार पछि डिचार्ज भइसकेको प्रहरीले जनाएको छ । 


यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुस्कार ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीमा पुरिएर ४० वर्षीय आरती ओझा घाइते भएकी छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 


यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्युु  भएको छ ।  ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।


 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्