कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते

पाेखरा | असार २८, २०८१

कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते

पोखरा:   कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य  भएको हो । कास्कीको पोखरा महानगरपालिका नम्बर १९, ३२ र मादी गाउँपालिकामा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएर ३ जना घाइते भएका छन् ।  


पोखरा महानगर–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । 


उनका अनुसार बिहीबार राति १० बजेतीर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय आमा लक्षिमा परियार, छोरी १५ वर्षीय प्रशना परियार , २० वर्षीय प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र उद्धार गर्ने क्रममा तल्लोकोट बस्ने राधिका परियारको मृत्यु भएको हो । 

 


छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको सूचना अधिकारी शर्माले बताए । 


पहिरोमा पुरिएर १७ वर्षीय पवन परियार र ३१ वर्षीय कुमार परियार घाइते भएका छन् र उनीहरु उपचार पछि डिचार्ज भइसकेको प्रहरीले जनाएको छ । 


यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुस्कार ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीमा पुरिएर ४० वर्षीय आरती ओझा घाइते भएकी छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 


यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्युु  भएको छ ।  ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।


 

पोखरा:   पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गो...

थप पढ्नुहोस्

काठमाडौंः   जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानका...

थप पढ्नुहोस्

काठमाडौं:  जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सु...

थप पढ्नुहोस्