कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते
पाेखरा | असार २८, २०८१
पोखरा: कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य भएको हो । कास्कीको पोखरा महानगरपालिका नम्बर १९, ३२ र मादी गाउँपालिकामा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएर ३ जना घाइते भएका छन् ।
पोखरा महानगर–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार बिहीबार राति १० बजेतीर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय आमा लक्षिमा परियार, छोरी १५ वर्षीय प्रशना परियार , २० वर्षीय प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र उद्धार गर्ने क्रममा तल्लोकोट बस्ने राधिका परियारको मृत्यु भएको हो ।
छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको सूचना अधिकारी शर्माले बताए ।
पहिरोमा पुरिएर १७ वर्षीय पवन परियार र ३१ वर्षीय कुमार परियार घाइते भएका छन् र उनीहरु उपचार पछि डिचार्ज भइसकेको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुस्कार ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीमा पुरिएर ४० वर्षीय आरती ओझा घाइते भएकी छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्युु भएको छ । ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

