मैत्रीपूर्ण भलिबल खेलमा नेपाल रसियन टोलीसँग पराजित
काठमाडाैं | साउन ६, २०८१
काठमाडौं: नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा प¥यो । नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो । यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् ।
नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

