चितवनमा २७ वर्षीया महिलालाई सामूहिक बलात्कार, ३ जना विद्यार्थी पक्राउ
चितवन | साउन १८, २०८१
चितवन: चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् ।
माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको चितवन प्रहरीले बताएकाे छ ।
पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् ।
माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ ।
उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

