रेडियो नेपाल सबैको रोजाई हुनुपर्छ: मन्त्री कार्की

काठमाडाैं | असार २४, २०७९

रेडियो नेपाल सबैको रोजाई हुनुपर्छ: मन्त्री कार्की

 

काठमाण्डौँ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताउनुभएको छ । 

 

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालिम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र भूगोलालाई एकीकृत र प्रोत्साहन गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको रोजाई बन्नुपर्ने बताउनुभयो । 

 

“अहिले रेडियो सबैको पहुँचमा छ, सबैको पहुँचमा मात्रै होइन, यसलाई स्वदेश र विदेशमा रहेका सबै नेपालीको रोजाई बनाउँदै हरेक भाषामा बज्ने समाचार, गीत र कार्यक्रम सबैको लागि लोकप्रिय बनोस्, त्यस उद्देश्यका साथ अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले रेडियो नेपालले प्रकाशन गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक’को विमोचन गर्दै नेपालको आर्थिक र सामाजिक, धरातलीय यर्थातलाई मनन गर्दै रेडियो नेपालको गरिमालाई अझै अभिवृद्धि गर्ने उद्देश्य र समर्पणका साथ लाग्न निर्देशनसमेत दिनुभयो । 

 

सरकारका प्रवक्ता कार्कीले नेपालको विविध भाषाभाषी, जातजाती, पहाड, हिमाल र तराई सबै भू–भागलाई राष्ट्रिय पूँजीको रुपमा विकास गरेर मधेश, पहाडबीचमा भएको अन्तरसम्वन्धलाई अझ सुदृढ गरेर मुलुकलाई जतिसक्दो चाँडो विकासको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । 

 

मन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुलुक भूगोलका हिसाबले हिमाल, पहाड र तराई मधेसमा विभाजन छ, जातजातीको, भाषाको हिसाबले विविधतामा छ, यो हाम्रो मुलुकको विशिष्ट पहिचान हो, विश्वमा नै यस किसिमको भौगोलिक विविधता भएको र यती धेरै भाषाभाषि भएको देश धोरै छन्, नेपालको जातीय सद्भावलाई अझ समृद्ध गर्दै लैजानुपर्छ । सबै भाषाभाषीको संरक्षण गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्छ ।” 

 

सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालले स्रोताको मन जित्ने गरी समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालित सो तालिममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, पत्रकार टिकाराम यात्री र विज्ञ अनिता गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्