आच्छा लाहुेरबाट चर्चा पाएका गायक रेशमको अर्को गीत ‘मायाको रुपै राम्रो’ बजार तताउँदै
काठमाडाैं | साउन २६, २०८१
काठमाडौं: ‘आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ गत वर्षको तीज आसपासको सिजनमा निकै सुनिएको हेरिएको गीत हो ।
गत वर्ष सन् २०२३ अगष्ट २ तारिखमा रेशम राज अफिसियल युटुटयुव च्यानल मार्फत संगीत बजारमा आएको थियो । जुन गीत अहिले (समाचार तयार गर्ने बेलासम्म ० ३७ लाख ७५ हजार पटक बढी हेरिएको छ ।
गायक रेशम राज सुनार र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीत गत वर्षको सर्वाधिक चर्चा पाएको मध्ये एक हो । अमित सुनारको शब्द, नन्दु परियारको संगीतमा सझिएको गीतले सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरु तताएको थियो ।
सोही गीत मार्फत रेश राजले देश तथा विदेशमा अत्याधिक चर्चा पाएका थिए । उनै गायक रेशमले यो वर्षको तीज लक्षित गरि फेरि संगीत बजारमा अर्को कोशेली लिएर आएका छन् । उनले बहुचर्चित गायिका मेलिना राईसँगको संयुक्त आवाजमा ‘मायाको रुपै रामो’ बोलको गीत बजारमा ल्याएका छन् ।
जुन गीत नेत्र अर्यालले लेखेका हुन् भने नन्दु परियारले संगीत भरेका छन् । एचविएन किस्मतद्वार संगीत सम्योजन गरिएको उक्तको म्युजिक भिडियो अहिले सामाजिक संजाल फेशबुकको रिल्स, टिकटक लगायतका माध्यमबाट धेरै दर्शक श्रोता माझ पुगेको छ ।
‘मायाको रुपै राम्रो’ गीतको म्युजिक भिडियोमा जुन सुन्दास र सुन्दर एसडीएसलाई मुख्य अभिनयमा देख्न सकिन्छ । रेशमले आफ्नै यूट्युव च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
गायक रेशम राज अहिले जापानमा कार्यरत छन् । जापानलाई कार्मथलो बनाए पनि नेपाली गीतसंगीत प्रति उनको लगाव निकै पाइन्छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनको निकै झुकाव देखिन्छ । उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । बागलुङको गलकोटमा जन्मिएका रेशम राज विशेषगरि नेपाली मौलिक गीत संगीत सृजनामा रुची राख्छन् ।
गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘मायाको रुपै राम्रो’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । उनी गीत गाउनकै लागि छुट्टी मिलाएर नेपाल आउने गरेका छन् ।
बिदामा नेपाल आएका बेलामा नै उनले धेरै बजारमा ल्याउने गरेका छन् । केही सातामात्रै जापाना फर्किएका गायक रेशमले चर्चित कार्यक्रम साराङ्गी संसारमा पनि गायिका निर्जला गुरुङसँग प्रत्यक्ष दोहोरो गाएका छन्, जुन यति बेला निकै चर्चामा समेत छ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

