पोखरामा अनुपमको भाषण कला तालिम
बोल्ने कला मानिसको अभिन्न अङ्ग जस्तै: वडा अध्यक्ष पराजुली
कास्की | असार २६, २०७९

पोखरा : अनुपम म्युजिक, पोखराले उद्घोषण तथा भाषण कलासम्बन्धी एक महिने तालिम शनिबार समापन गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका, वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बोल्ने कला मानिसको अभिन्न अङ्ग जस्तै भएको बताए । पराजुलीले अनुपमले सञ्चालन गरेको अभियानमा आफू सँगै रहेको भन्दै आफू निर्वाचित भएर आएपछि वडा नम्बर ४ का महिलाहरूका लागि आयोजना गरिएको उद्घोषण तथा भाषण कला तालिम अत्यन्त प्रभावकारी भएको पनि स्मरण गरे ।
कार्यव्रmममा प्रसिद्ध गायक रामभक्त जोजिजूले आफूले पनि अनुपम म्युजिकमै उद्घोषण तथा भाषण कला सिकेको स्मरण गरे । सुगम सङ्गीत बसेर सुन्ने खालका हुने भएकाले कार्यव्रmमहरूमा त्यस्ता साङ्गीतिक प्रस्तुति कार्यव्रmमको सुरुमै राख्नुपर्ने धारणा राख्दै उनले ‘उडेर जून छुन्छु भन्थेँ...’ बोलको गीत गाएका थिए ।
साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीले आजको समयमा सम्पूर्ण जनप्रतिनिधिलाई समेत भाषण कलासम्बन्धी तालिम आवश्यक रहेको धारणा राखे । भाषण कला र भाषिक कलालाई जोडेर कुनै पनि प्रकारका नेतृत्व वर्गलाई ज्ञान र सिप दिनु आजको आवश्यकता भएकोमा जोड दिँदै उनले पिठो बिकाउने मात्रै नभई चामलै बिकाउन पनि सही ढङ्गले बोल्नु आवश्यक भएको भनाइ राखे ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपममार्फत् २०६२ देखि हालसम्म राजनीतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, साङ्गीतिक, साहित्यिक क्षेत्रका सयौँ जनालाई १९३ ओटा तालिम सञ्चालन गरिसकेको जानकारी दिए । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान र सिपमा आधारित भएर तालिम दिइने भएकाले पनि अनुपममा सिकारुहरूको आकर्षण बढेको धारणा राख्दै उनले अनुपममा एक पटक भर्ना भएपछि त्यसपछिका कुनै पनि प्याकेजमा निःशुल्क तालिम दिइने भनाइ राखे ।
प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको कार्यव्रmममा प्रशिक्षार्थीहरू आयुष्मा अधिकारी, आशा थापा मगर, शिवराज अधिकारी, सृष्टि थापा, राजु कार्की, जगनारायण छन्त्याल, हरिप्रसाद सिग्देललगायतले आफ्ना अनुभव सुनाएका थिए ।
संस्थाका संरक्षक तथा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षता र प्रशिक्षार्थीद्वय विपना थापा र ग्रेसी ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्की...
भरतपुर: सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज (शनिबार) बिहान इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो । ...
काठमाडौं: सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क/डिए...