पोखरा २७ मा निःशुल्क दन्त शिविर, १ सय जनाले लिए सेवा
पाेखरा | असार २६, २०७९
पोखरा : परमार्थनगर क्लव पोखरा २७ डाडाकोनाकले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
निःशुल्क दन्त शिविर कार्यक्रममा बोल्दै पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले भोलिका कर्णदार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरुलाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गरे ।
केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा. मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गरेका थिए । साथै डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निर्णय समेत गरिएको क्लवका उपाध्यक्ष विजय वस्ताकोटीेले बताए । शिविरमा करिव १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएका छन् ।
क्लवका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षता र सचिव आदर्श लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएो थिो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

