पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाडाैं | भदौ ७, २०८१

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त  नगर्न निर्देशन दिएको छ ।


पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न  निर्देशन दिनुभएको हो ।


पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले पार्टी सङ्गठन सुदृढीकरणमा समस्या आउने बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु नेताहरूले पनि उत्तरदायित्वको बोध गर्नुपर्छ ।”


महासचिव भुसालले दशौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादासमेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गर्दै पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन आग्रह गर्नुभयो ।


यसैबीच, पार्टीले क्षमता र योगदानका आधारमा छिट्टै नेताहरूको जिम्मेवारी हेरफेर गरी १८ जना केन्द्रीय पदाधिकारी छनोट तथा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ । तीन सय ४४ केन्द्रीय कमिटी मनोनित गरेको पार्टीले यही भदौ ९ देखि ११ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा आह्वान गरेको छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्