चेलीबेटीलाई कास्की प्रशासनको आग्रह: तीजमा तडकभडक नगर्नुहोस्
पाेखरा | भदौ ७, २०८१
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले तीनकोनाममा तडकभडक र राति अबेरसम्म बसेर हो हल्ला नगर्न आग्रह गरेको छ ।
प्रशासनले विज्ञप्ती जारी गर्दै खर्चिला, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने कार्यक्रम नगर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएकोछ, ‘हरितालिका तीजको दिनभर निराहार व्रत बसी सो को दिनअगाडि दरखाने मौलिक परम्पराविपरीत पछिल्लो समय तीजको मुख्य दिन आउनुभन्दा निकै अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहित अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने हुन्छ ।’
कास्कीको आग्रह तथा कानून बर्खिलाप कार्यक्रम गरेको पाइएमा सामाजिक सुरक्षा ऐनअनुसार कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

