पोखरामा दिलसराको भव्य प्रदर्शन, शनिबार चिलाउनेखर्कमा 'शो' हुदैं

पाेखरा | भदौ ७, २०८१

पोखरामा दिलसराको भव्य प्रदर्शन, शनिबार चिलाउनेखर्कमा 'शो' हुदैं

पोखरा:   मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को पोखरामा दोस्रोपटक भव्य प्रदर्शन भएको छ ।

 

बागलुङ -पोखरा मगर समाजले आज (शुक्रबार) विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा विशेष प्रदर्शन गरेको हो ।


उक्त प्रदर्शनमा करिब ३ सय बढि दर्शकको उपस्थिति रहेको निर्माता मिना थापामगरले जानकारी दिइन् ।


गत ३ गते पोखरा सभागृहमा पहिलो पटक विशेष प्रदर्शन गरिएको सो चलचित्रले दर्शकको माया पाएको थियो । त्यसपछि चलचित्र प्रदर्शनको मिति तय हुन थालेको छ । 

 

अब उक्त चलचित्र तनहुँ, गलकोट लगायतको स्थानमा पनि प्रदर्शन गरिने तयारी भइरहेको निर्माता थापामगरले बताइन् । 

 

उनका अनुसार शनिबार चिलाउनेखर्कमा प्रर्दशन गरिनेछ । चलचित्रमा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । जसलाई मजबुद बनाउन  प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् ।
 

यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ ।

 

 

मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन्  ।  

 

चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।

 

अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् । 
 

यो पनि पढ्नुहोस

 

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्