बजेट आएपछि ह्वात्तै घट्यो बुलेटको मूल्य
कास्की | असार २६, २०७९
पोखरा: सामान्यतयः आर्थिक वर्षको बजेट आएपछि सवारी साधनको मूल्यसमेत बढ्ने गर्दछ । तर यसपटक भने केही फरक नतिजा आएको छ ।
पछिल्लो समय युवाहरुको रोजाइमा परेको रोयल इन्फिल्डको बुलेट मोटरसाइकलको मूल्य भने ह्वात्तै झरेको छ । यस सिरिजको क्लासिक मोटरसाइकलमा करिब ६० हजार रुपैयाँसम्म घटेको शोरुमहरुले जनाएका छन् ।
पोखराको नयाँबजारस्थित रोयल इन्फिल्ड शोरुमका शिव पौडेलका अनुसार ३ सय ५० सिसी बुलेटको कालो रंगमा करिब ६० हजार रुपैयाँ घटेको छ । यसअघि यसको मूल्य ६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
‘कालो रंगको बुलेट भन्दा अन्य रंगको बाइकको मूल्य भने १० हजार रुपैयाँले बढी रहेको छ’ पौडेलले भने ‘यसअघि ६ लाख ९९ हजारमा बिक्री भएको कालो रंगको भन्दा अन्य रंगको बुलेटको मूल्य ६ लाख ५० हजार रहेको छ ।’
नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले करिब एक महिना पहिले मूल्य सार्वजनिक गरेकोमा हाल यसमा परिमार्जन गरेको हो ।
रंग अनुसार मूल्य
वितरक कम्पनीले बुलेटको रंग अनुसार मुल्य तोकेको छ । खैरो, हरियो, रातो र खरानी रंगको बुलेको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ । उल्का रातो, म्याट हरियो, पहेलो र रातो रंगको बुलेटको मूल्य ८ लाख ३० हजार रुपैयाँ कायम छ ।

यस्तै निलो, कालो र रातो बुलेटको मुल्य ८ लाख ५० हजार छ भने, उल्का सुपरनोभा ब्राउन, निलो र रातो बुलेटको मूल्य ८ लाख ७० हजार रुपैयाँ रहेको अल्फा अटोमोटिभ्सले जनाएको छ ।
युवाहरुको पहिलो रोजाइमा पर्ने यस रोयल इन्फिल्डको बुलेट मोटरसाइकलको आधिकारिक विक्रेता नयाँ बजारस्थित रोयल इन्फिल्ड शोरुमका अनुसार पोखराबाट वार्षिक ७ देखि ८ सय सङ्ख्यामा विक्री हुने गरेको छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

