अर्चलेमा बन्यो, लेखनाथ पौड्यालको सालिक

पाेखरा | भदौ १४, २०८१

अर्चलेमा बन्यो, लेखनाथ पौड्यालको सालिक

लेखनाथ:   पोखरा महानगरपालिका  २७ अर्चलेमा स्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । 

 

पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।

 

सो पार्कको पोखरा महानगरका प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले आज सयूंक्त रूपमा अनावरण गरे ।

 

कवि पौड्यालको जन्मस्थान अर्चलेमा उनको सम्झनामा सालकसहितको स्मृति पार्क निर्माण गरिएको हो । 

 

 

सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पौड्यालको सम्झनासँगै सम्मान मिल्ने धारणा राखे । उनले पोखरा पर्यटकीय राजधानी मात्रै नभई साहित्यको उर्भर भूमीको रुपमा समेत परिचित रहेको बताएका थिए ।

 

सो कार्यक्रमको अवसरमा पार्क निर्माण गर्न सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सो स्मृति पार्कबाट उत्तरमा लहरै माछापुच्छ्रे, धवलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ  ।

 

 

यि हुन् कवि पौड्यालका कृतिहरु:-

 

-ऋतु विचार (खण्डकाव्य) - १९७३

-वुद्धिविनोद (कविताकृति) - १९७३

-सत्यकलि संवाद (कविताकृति) - १९७६

-सत्यस्मृति - २००९

-मेरो राम - २०११

-त्याग र उदयको सन्देश - २००१

-गीताञ्जली (कविताकृति) - १९८६

-तरुण तपसी (नव्यकाव्य) - २०१०

-लक्ष्मीपूजा (नाटक) - १९९४

-गौरी-गौरव (नाटक)

-लालित्य (कविता सङ्ग्रह भाग १, २)

-भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार

-भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४

-पञ्चतन्त्र (नेपाली अनुवाद)

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्