शुभकामना आमा समुहको अध्यक्षमा पार्वती
पाेखरा | भदौ १४, २०८१

पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
दुई बर्षे कार्यकाल रहेको समुहको उपाध्यक्षमा मिना द्धारे खाँण, सचिवमा सिर्जना खनाल, सहसचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष निरमाया के.सी र सदस्यहरुमा ज्योती कार्की, लक्ष्मी सापकोटा गिरी,टिका देवी पौडेल, सुवेदी, विमला सुनार, राधा कार्की, मिठु द्धारे खाँण, सन्तोषी गुरुङ रहनु भएको छ ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाहीले अधिवेशनको उद्घाटन गर्दै समाजको समग्र विकास निर्माणमा आमा समुहले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । टोल छिमेक्म्ँ देखिएका विकृती तथा विसंगतिको अन्त्यका लागि आमाहरु संगठित भएर लाग्नु पर्नेमा उहाँको जोड थियो ।
म्युजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले विभिन्न संघसस्थाको नेतृत्वले आफु नभई समाज केन्द्रीत हुनु पर्नेमा जोड दिंदै आमा समुहहरु क्षमता अभिवृद्धि गर्दै आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
आमा समुहमा आवद्ध परिवारका जेष्ठ नागरिक एवम् दश जोड दुई उत्तिर्ण विद्यार्थीलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको कार्यक्रममा समुहका सदस्यले सामुहिक दर खानुका साथै तीज पर्वको आवरमा शुभकामना आदान प्रदान गरेका थिए ।
समुहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व अध्यक्ष हिरा अधिकारी, हिमालय बोर्डिङ स्कूलका प्रिन्सिपल डा. टेकनारायण पौडेल, समाजसेवी लिलाबहादुर जिसी, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, पूर्व सहसचिव विष्णुबहादुर द्धारे खाँण, घारिपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेल, सम्मानित विद्यार्थी सम्पन्न श्रेष्ठ, लगायतले आमा समुहको महत्व माथि प्रकाश गर्नुभएको थियो ।
समुहका कोषाध्यक्ष गंगा कुँवरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा समुहका उपाध्यक्ष अन्जु गुरुङ, सचिव मिना द्धारे खाँण, सहसचिव सिर्जना खनालले समुहले नेतृत्व विकास र बुटिक जुत्ता बनाउने तालिम लगायत विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो ।
२०५३ सालमा स्थापना भएको आमा समुहले रातोपैह्रास्थित संग्रहालयचोक वहुदेश्यीय भवनका साथै उपल्लो रातोपैरामा शक्तिदेवी मन्दिर निर्माण गर्नुका साथै म्यूजियम मार्गमा चार आना जग्गा समेत खरिद गरेको छ ।
काठमाडौं: नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...
पोखरा: अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...