माओवादीप्रति जनताको आकर्षण बढेको छ: उपमहासचिव पुन

काठमाडाैं | भदौ ३०, २०८१

माओवादीप्रति जनताको आकर्षण बढेको छ: उपमहासचिव पुन तस्बिर फाइल

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गर्नुभएको छ । 

    
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताउनुभयो । 

    
माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वस व्यक्त गर्नुभयो । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उहाँले सचेत गराउनुभयो । 

    
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो । 

    
भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्