‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन
पाेखरा | असोज १७, २०८१
पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ ।
गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो ।
कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले समान १ गोल गरे भने, चाउँथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए ।
च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद रु ६० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको चाउँथेले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

कुल २६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नेपाल किसान महासंघ युवा समिति केन्द्रिय सदस्य राजेश गौतम, नेपाली कांग्रेसका वडा १५ का सभापति शुसिलराज पराजुली, नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कास्की सचिव प्रीतम गुरुङ, नेपाली कांग्रेसका वडा १५ का कोषाध्यक्ष टेक बहादुर भण्डारी, क्षेत्रीय प्रतिनिधि कल्पना अधिकारी बाँनिया, राजेन्द्र पराजुली, सन्तोष मिया, नयाँगाउँ क्लबका कोषाध्यक्ष सन्तोष गुरुङ, दोस्रो पुरस्कार प्रायोजक इन्द्र कुमारी गुरुङ, फ्याङ्कलिन एजुकेशनका अध्यक्ष गंगा बहादुर खड्का, नयाँगाउँ क्लबका सदस्य विदुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाली कांग्रेस वार्ड इकाई समिति १५ ले प्रथम पुरस्कार सौजन्य गरेको थियो ।
प्रतियोगितामा विधागततर्फको पुरस्कार समय अभावका कारण घोषणा गर्न नसकेको जानकारी गराउँदै शुक्रबार एक कार्यक्रमकाबीच पुरकृत गरिने प्रतियोगिताका परिकल्पनाकार विकास गुरुङले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।




चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

