‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन

पाेखरा | असोज १७, २०८१

‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन

पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ ।

 

गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो ।

 

कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले समान १ गोल गरे भने, चाउँथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए ।

 

च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद रु ६० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको चाउँथेले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

 

कुल २६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई  नेपाल किसान महासंघ युवा समिति केन्द्रिय सदस्य राजेश गौतम, नेपाली कांग्रेसका वडा १५ का सभापति शुसिलराज पराजुली, नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कास्की सचिव प्रीतम गुरुङ, नेपाली कांग्रेसका वडा १५ का कोषाध्यक्ष टेक बहादुर भण्डारी, क्षेत्रीय प्रतिनिधि कल्पना अधिकारी बाँनिया, राजेन्द्र पराजुली, सन्तोष मिया, नयाँगाउँ क्लबका कोषाध्यक्ष सन्तोष गुरुङ, दोस्रो पुरस्कार प्रायोजक इन्द्र कुमारी गुरुङ, फ्याङ्कलिन एजुकेशनका अध्यक्ष गंगा बहादुर खड्का, नयाँगाउँ क्लबका सदस्य विदुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

नेपाली कांग्रेस वार्ड इकाई समिति १५ ले प्रथम पुरस्कार सौजन्य गरेको थियो ।

 

प्रतियोगितामा विधागततर्फको पुरस्कार समय अभावका कारण घोषणा गर्न नसकेको जानकारी गराउँदै शुक्रबार एक कार्यक्रमकाबीच पुरकृत गरिने प्रतियोगिताका परिकल्पनाकार विकास गुरुङले जानकारी दिए ।

 

उनका अनुसार उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।

 

 

 

 


 

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्

पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

थप पढ्नुहोस्

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्