हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

पाेखरा | असोज २१, २०८१

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

काठमाडौं:   हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । 


दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए । 


कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको प्रस्तुति रहनेछ । 


हङकङको रिच गार्डन रेष्टुरेण्ट जेडी मल (जोर्डन कोरियन रेष्टुरेण्ट बिल्डिङ) मा १९अक्टुबर २०२४ मा  हुने कार्यक्रम दीप साँझको छैठौं संस्करण हो । 


हङकङको समयानुसार साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा ओपन “सी” ब्याण्डले नेपाली नयाँ पुराना गीत प्रस्तुत गर्नेछ भने गायिका मेलिना राई आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने सचिव अशु रानाले जानकारी गराए । 


संस्कृति संरक्षण गर्ने उद्देश्य स्वरुप हङकङमा रहेका नेपाली मनहरुलाई जोड्ने कार्यक्रम दीप साँझ भएको भनाई उनको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । 


कार्यक्रमलाई सफल पार्न हङकङमा प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । कार्यक्रमका लागि अग्रीम टीकट बुकिङ समेत खुल्ला गरिएको छ । कार्यक्रम सफल हुनेमा दीप समाज हङकङ विश्वस्त छ । कार्यक्रमका लागि नेपालबाट कलाकारहरु ३० अक्टुबरमा हङकङ प्रस्थान गर्नेछन् ।

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्