प्लाष्टिकका फूल विक्री गर्न काठमाडौं महानगरले लगायो प्रतिबन्ध

काठमाडाैं | कात्तिक १३, २०८१

प्लाष्टिकका फूल विक्री गर्न काठमाडौं महानगरले लगायो प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्दै प्लाष्टिकका फूल विक्री गर्न रोक लगाएको छ ।

 

स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल विक्री वितरण गर्न व्यवस्था मिलाएको हो  । 

 

प्लाष्टिकजन्य फूल तथा सजावटका समाग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवद्र्धन गरिएको महानगरले जनाएको छ ।

 

मेयर बालेनले भनेका छन्, ‘हामी व्यापारीहरूलाई प्लाष्टिकका फूल तथा अन्य सजावटका समाग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’
 

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्