राजविराज महोत्सव सुरु
सप्तरी | कात्तिक १५, २०८१
सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्घन गर्नका लागि राजविराज महोत्सव, २०८१ आजदेखि सुरु भएको छ ।
सप्तरीको राजविराजस्थित राजरङ्गशाला (खेलमैदान) मा सुरु भएको उक्त महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले उदघाटन गर्नुभयो ।
सो अवसरमा उहाँले महोत्सवले सांस्कृतिक, पर्यटन, कृषि, व्यापार प्रवद्र्घन र आर्थिक समृद्घिका लागि टेवा पु¥याउने विश्वास व्यक्त गर्नभयो ।
महोत्सवमा उदेश्यअनुसारका कार्यक्रम गर्न आयोजकलाई सुझाव दिँदै उहाँले सप्तरीको राजविराज नगरक्षेत्रको विकास गर्न आफू सबै पक्षसँग समन्वय गरी अगाडि बढिने बताउनुभयो ।
ड्रिम नेपाल युवा सङ्घ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा सुरु भएको उक्त महोत्सवमा स्थानीयस्तरका विभिन्न कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकलालगायतका सरसामान बिक्री हुनेगरी ४० वटा कक्ष राखिएका छन् ।
महोत्सवमा बालबालिकाका लागि बालउद्यान र युवाको मनोरञ्जनका लागि विभिन्न खेल र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ड्रिम नेपाल युवासङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले बताउनुभयो ।
महोत्सवमा मैथिली चित्रकला प्रदर्शनी पनि आकर्षणको केन्द्र रहेको छ । पाँच वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।
राजविराज महोत्सव यही कात्तिक २५ गतेसम्म चल्ने छ ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

