पोखरामा 'पटका आतंक'

पाेखरा | कात्तिक १६, २०८१

पोखरामा 'पटका आतंक'

पाेखरा:    तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।  

शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्याधिक रुपमा पटका पड्किएका छन् । 

बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ । 

 

विशेषगरी राती र दिउँसोको समयमा देउसी भैलो खेल्ने समूहले प्रहरीको आँखा छलेर पटका पड्काएको पाइएको छ ।

 

लगातार पटका पड्किदा नागरिक तथा वृद्धवृद्धाहरु आजित बनेका छन् ।

 

‘पर्वको नाममा ध्वनी प्रदूषणमात्रै होइन आगलागीको जोखिम पनि बढेको छ, रानीपौवाका स्थानीय रामबहादुर गुरुङले सुनगाभा न्यूजसँग भने, 'रातभर पनि पटका पड्किएको थियो, ठूलाठूला आवाज आउने गरी ठूलै पटकाहरु पड्किएका छन् । प्रहरी निकायबाट अलि निगरानी बढाउन पर्ने आवश्यक देखिएको छ । त्यसैले हामीले प्रहरीकहाँ खबर गर्छौ ।’

 

मुख्य चोक र सडकमा प्रहरीहरुको तैनाथी देखिएपनि भित्री गल्लीहरुमा भने कम देखिएको छ ।

 

यता बागलुङ बसपार्क क्षेत्रमा पनि पटका पड्काएर आतंक मच्चाएको टेक बहादुर पुनले बताए । ‘यस्तो चर्काे आवजले मुटु रोगीलाई त ठहरै पार्छ नी, उनले भने, ‘आतंकै मच्चाछ हाम्रो टोलतिर पनि । प्रहरीलाई जानकारी गर्नैपर्ने भाछ ।’

यद्यपी यस गतिविधिलाई रोक्न र कानूनी कारबाही गर्न भने कास्की प्रहरीले कसरत गरिरहेको बताएको छ ।

    
    

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्