मुकुन्द शरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार

पाेखरा | कात्तिक १६, २०८१

मुकुन्द शरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार

पोखरा:  शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ ।

शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा (जनस्तरबाट संकलित रकम) स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गर्न लागेको हो । 

नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत बहादुर बरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए । 

लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय रहेको छ  । 

वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ ।

 

राष्ट्रिय पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा. रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा बराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी, भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्रा.डा जगमान गुरुङ पुरस्कृत भइसकेका छन् ।

 

त्यस्तै वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरेको सहसचिव संजय थापाले जानकारी दिए ।

 

दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सीनाको संयोजकत्वमा  गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेको हो  ।

 

प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विधा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आईरहेको छ । 

 

प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र बाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने, श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आइरहेको छ ।
 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्