पोखरामा पहिलोपटक ‘रोजगार मेला’
जागिर खोज्ने र कर्मचारी रोज्ने एप सार्वजनिक
पाेखरा | साउन ३, २०७९
पोखरा: गण्डकी प्रदेशले आगामी साउन ६ देखि ८ गतेसम्म आयोजना गर्ने ‘वृत्ति परामर्श तथा रोजगार मेला’को तयारी पुरा भएको छ ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले आयोजना गर्न लागेको रोजगार मेलाको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।
‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ प्रर्दशनी केन्द्र नयाँबजारमा ३ दिनसम्म सञ्चालन हुने मेलामा १० हजार बढीले अवलोकन गर्ने मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले मेलामा प्रदेशस्तरीय ठूला उद्योगी, व्यवसायी एवं रोजगारदाताहरु, घरेलु तथा साना उद्योगीहरु, पेशा एवम् व्यवसायसँग सम्बन्धित संस्थाका प्रमुख, प्रतिनिधिहरु बैङ्क तथा वित्तिय संस्थाहरुले रोजगारका अवसरका बारेमा जानकारी एवम् रोजगारीका लागि सहजीकरण गर्ने बताए ।
उनका अनुसार मेलामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरु, प्राविधिक धार सञ्चालित विद्यालयहरु, ईन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्ध विज्ञहरुबाट वृृत्ति विकासका बारेमा अवलोकनकर्ताहरुलाई परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
जागिर खोज्ने र कर्मचारी रोज्ने एप सार्वजनिक
सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइएस्) नामक एप्लिकेसन सार्वजनिक गरेको छ ।
उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने मन्त्री श्रेष्ठले बताए । उनका अनुसार सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ ।
उनले उक्त एफ जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने विश्वास व्यक्त गरे ।
विद्यार्थीहरु अन्यौलमा छन्: मन्त्री श्रेष्ठ
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले अहिले विद्यार्थीहरु एसईई र कक्षा १२ पछि कुन विषय अध्ययन गर्ने भनेर अनविज्ञ भएको बताए ।
‘विद्यार्थीहरु एसईई र कक्षाको परिक्षा पछि कुनकुन विषय अध्ययन पछि आफुले रोजेको विषयमा दक्ष हुन सकिन्छ भनेर निर्णय लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै रोजगारको मेलाको आयोजना गरेको हो ।’ उनले भने ।
मन्त्री श्रेष्ठका अनुसार मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने ।
सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

