पोखरा महानगरको जग्गा संरक्षण अभियान
पोखरा ३३ मा अनधिकृत रुपमा कब्जा गरि बनाइएका २६ छाप्रा हटाइयो, अन्यत्रपनि क्रमस हटाइने
पाेखरा | साउन ३, २०७९
पोखरा: पोखरा ३३ मा अनधिकृत रुपमा कब्जा गरि बनाइएका २६ छाप्रा हटाइयो, अन्यत्रपनि क्रमस हटाइने पोखरा पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।
मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।
पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ति छाप्रा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमस भत्काउँदै लागिने उनले बताए । सर्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।
सर्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुले आँफै यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षेतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए ।
‘अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ उनले भने, ‘यसमा मेयर सापको खास इनिसियसन छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ ।
नगर प्रहरी नायव निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरि अबैध रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

