मर्दी फलोअप: तामाङको शव काठमाडौं पठाइयो
पाेखरा | कात्तिक २९, २०८१
पोखरा: मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौं पठाइएको छ ।
पर्यटक गाइड तामाङलाई शवलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याएर आज एम्बुलेन्सबाट काठमाडौ लगिएको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।
‘मर्दी हिमाल आरोहणको क्रममा लडेर शनिबार मृत्यु भएको पर्यटक गाइड तामाङको शव मंगलबार मात्र काठमाडौंबाट आएको खोज तथा उद्धारको टोलीले फेला पारेको थियो’, वडाध्यक्ष क्षेत्रीले भने, ‘भौगोलिक तथा प्रतिकुल मौसमका कारण शवलाई दुर्घटनास्थलबाट तल झार्न नसकेपछि आज सिम्रिक एयरको सहयोगमा पोखरामा पठाएर त्यहाँदेखि एम्बुलेन्समा काठमाडौं लगिएको हो ।’
हेलिकप्टरमार्फत पोखरा झारिएको तामाङको शवलाई एम्बुलेन्सबाट काठमाडौं लगेर पोष्टमार्टम गरेर गृहनगर नुवाकोट नै लगेर अत्येष्टी गर्ने परिवारले जनाएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा शनिबार तामाङको लडेर मृत्यु भएको थियो ।
मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव मंगलबार काठमाडौंका आएको खोज तथा उद्धारको टोलीले दुर्घटनास्थल भन्दा २ सय मिटर तल फेला पारेको थियो ।
काठमाडौंको सनराइज कम्पनीबाट नर्वेली नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण योजनासहित आएका तामाङको आरोहणको क्रममा लडेर मृत्यु भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
उनीहरुको टोलीमा एक नर्वेली नागरिकसहित ४ जना नेपालीको समूह रहेको थियो ।
यो पनि पढ्नुहोस
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...




