कास्की अदालतमा ‘रवि र छवि’
पाेखरा | मंसिर ९, २०८१
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
गत कात्तिक २५ गते १३ दिनका लागि थप गरिएको म्याद सकिएसँगै आज बिहानै अदालत पुर्याइएको हो ।
रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्याइएको बताइएको छ ।
रविविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान भइरहेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई रातारात पोखरा ल्याइएको थियो ।
त्यसयता उनी कास्की प्रहरीकै हिरासतमा छन् । बिहानै अदालत पुर्याइएका लामिछानेविरुद्ध अनुसन्धान बाँकी रहेकोले म्याद थप गर्न अनुमति माग्ने बताइएको छ । त्यसपछि भने, उनलाई काठमाडौँ लैजाने तयारी छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

