भरुवा बन्दुक चेकजाँचको क्रममा एक्कासी पड्किदा
पाेखरा | मंसिर २६, २०८१
पोखरा: कास्कीको मादी गाउँपालिका गाउँपालिका–७ मा भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मादी गाउँपालिका–७ लिचु भन्ने जंगलबाट एक नाले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
‘सोमबार कास्कीको मादी गाउँपालिका–७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा पड्किदा बिनोद सुनार घाइते भई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको सूचना पाएको थियौै’, डिएसपी शर्माले भने, ‘सोधपुछ गर्दा उक्त बन्दुक कुल प्रसाद वि.क र सुमन तामाङले राखेको भन्ने खुल्न आएकाले नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान जारी छ ।’
डिएसपी शर्माका अनुसार सोधपुछ पछी बन्दुक खोजतलाज गर्ने क्रममा कुलप्रसाद विकको गाईगोठ भन्दा १ सय ५० मिटर तल लुकाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो एक नाले भरुवा बन्दुक बरामद गरिएको हो ।
बरामद गरिएको हतियारको ईजाजतपत्र (कागजपत्र) नभएकाले मादी मेलबोट बस्ने ३२ वर्षीय साईला भन्ने कुल प्रसाद विक र पानीघाट बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

