चलचित्र विकास बोर्डको अध्यक्षमा केसी नियुक्त
काठमाडाैं | साउन १०, २०७९

काठमाडौँ: सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ भने यसअघि गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।
केसीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...