नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव

गाहामगरलाई सर्वाधिक मत

पाेखरा | मंसिर २९, २०८१

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव

पोखरा:  नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् ।

 

शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्य २ सय ५ जनाले मतदान गरेका थिए । 


महासंघको उपाध्यक्षमा माधप प्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भईन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याईन् । 


सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६मत सहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । 


खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए । 


गाहामगरलाई सर्वाधिक मत


नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा सुनगाभा न्यूजका सम्पादक अर्जुन गाहामगर (सुशान्त) सर्वाधिक मतसहित निर्वाचित भए । उनले १ सय ५१ मत ल्याए । 


कसले कति मत ल्याए ? (मत परिणामसहित) 

 

सदस्य (खुला)
अर्जुन सुशान्त गाहा: १५१
गौरव त्रिपाठी: १४३
चिरञ्जिवी पौडेल: ८२
तुलसीराम सुवेदीः १०७
दीपक श्रेष्ठ: १०३
निराजन अधिकारी: १०६
पुष्पराज दाहाल: १०४
बालकुमारी पौडेल: १२९
विष्णु गौतम: ८८
राजु गिरी:१३२
रिखिराम जि.सी: ११७
सन्तोष सुवेदी: १२८
सन्दीप पौडेल: १०३

राष्ट्रिय परिषद सदस्य

अमृतराज उपाध्याय: ५०
आरजु सल्यानी मनहनकुमार विष्ट: १२४
ऋषिराम बराल: ५०
कृष्ण दवाडी: ८९
कृष्णमणि बराल:१०९
दिननाथ बराल:११६
भरत कोईराला: १०८
मानबहादुर घर्ती: ८१
राजबहादुर गुरुङ: १०८
 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्