मिस तामाङ पोखरा माघमा हुने, तालिम शुरु

पाेखरा | पुस १, २०८१

मिस तामाङ पोखरा माघमा हुने, तालिम शुरु

पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिता हुने भएको छ  ।

 

सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले हरेक बर्ष जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

 

माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए ।

 

प्रतियोगिहरुलाई बिभिन्न बिषयमा प्रदान गरिने तालिमको शुरुवात गरिएको संयोजक तामाङले जानकारी दिएका छन् ।

 

पहिलो दिनको ओरेन्टेशन कक्षाको सहजीकरण पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए । यस अघि नेपाल सरकार भाषा आयोजका पुर्व सदस्य भाषाविद अमृत योञ्जनले तालिमको औपचारिक रुपमा शुरुवात गरेका थिए ।

 

तालिमको उदघाटनमा बोल्दै भाषाविद योञ्जनले हरेक भाषाहरु चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्ताालाई आफ्नो संस्कार, भाषा र भेषभुषा प्रति रुची जगाउने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

 

तालिमका सहजकर्ता पौडेलले भाषा, संस्कार र संस्कृति सकियो भयो कुनैपनि समुदायको अस्तित्व विलुप्त हुने हुँदा यसतर्फ युवा पुस्ता सचेत हुनुपर्ने बताए ।

 

कार्यक्रममा रेडियो अन्नपुर्ण का स्टेशन म्यानजेर तथा कार्यक्रमका तालिम र मिडिया संयोजक सन्जय मल्ल, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष शिबु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ समन्वय समिती कास्कीका सचिव मीनमाया तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य सुजन ब्लोन तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, राम लामा लगायतले बोलेका थिए ।

 

सहभागिहरुलाई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिने कार्यक्रमका सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिएका छन् ।

 

प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पुर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, शिशा लामा, मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पुर्णिमा लामा र आकृति तामाङ सहभागी छन् ।

 

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । 

पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ।  कास्की प्रशासनले अ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।  रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्द...

थप पढ्नुहोस्