हेलम्बुको समस्या समाधान नभए मेलम्चीको पानी काठमाडौँ जादैन : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक | साउन १२, २०७९

हेलम्बुको समस्या समाधान नभए मेलम्चीको पानी काठमाडौँ जादैन  : अध्यक्ष शेर्पा तस्बिर फाइल


सिन्धुपाल्चोक    :   सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यथास्थितिमा मेलम्चीको पानी राजधानी लैजान नदिने चेतावनी दिनुभएको छ । बाढीले क्षत्विक्षत् भएको हेलम्बुलाई बेवास्ता गरी हेलम्बुको पानी मात्रै लैजाने सरकारी योजनालाई पूरा हुन नदिने उहाँले बताउनुभयो । 

 

‘पानी हेलम्बुबाट लैजाने तर हेलम्बुलाई परेका समस्या समाधानमा भूमिका निर्वाह नगरी पानी लैजान खोज्ने ’ अध्यक्ष शेर्पाको असहमति छ । हेलम्बुका समस्या हल गरेर मात्रै पानी लैजानुपर्ने उहाँको तर्क छ ।

 

मेलम्ची खानेपानी आयोजनाबाट प्रभावितका लागि सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको ‘लेबी’ टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितलाई कम्तीमा प्रतिपरिवार २० लाख रुपियाँ दिनुपर्ने, बाढीले व्यवसायीको व्यवसाय पुनस्र्थापना गर्न सहयोग गर्नुपर्ने लगायतका माग पूरा नभएमा मेलम्ची पानी लैजान नदिने अध्यक्ष शेर्पाले चेतावनी दिनुभयो । खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गत चैत २९ गते पालिकाले ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको थियो । 

 

मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानमा छ । आयोजनाको मुहानमा बाढी पस्ने खतरा भएपछि सुरुङ मार्गका ढोका बन्द गरिएको छ ।    

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  का...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

थप पढ्नुहोस्