पोखरामा स्कुटर चोरीको गरेको आरोपमा ३ जना पक्राउ
पाेखरा | पुस २६, २०८१
पोखरा: पोखरामा पार्किङ गरी राखेको स्कुटर चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ लखनचोक (पृथ्वीचोक)मा पुष ९ गते पार्किङ गरि राखेको २ वटा स्कुटर चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पार्किङ गरि राखेको ग २५ प ७१३ र ग १८ प २७३७ नम्बरको स्कुटर चोरी गर्ने पोखरा–११ बस्ने २६वर्षीय सन्तोष लामिछाने, मादी गाउँपालिका घर भई पोखरा १५ बस्ने २७ वर्षीय किरण परियारलाई पुष १८ गते पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरी गरेको २ वटै स्कुटर नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ बस्ने ३० वर्षीय प्रहलाद कोहारलाई बिक्री गरेको अनुसन्धानपछि हिजो (बिहीबार) ग १८ प २७३७ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

