भट्टराईको नयाँ पार्टी: नेपाल समाजवादी पार्टी
काठमाडाैं | साउन १२, २०७९
काठमाडौँ: तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् ।
निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी पार्टी दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो ।
आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी दिएका हुन् ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

