‘स्विमिङ र एटिभी राइड’: रिभरभ्याली रिसोर्टमा ‘वान नाइट’
कास्की | साउन १२, २०७९
पोखरा: शुन्दरनगरी शहर पर्यटकीय शहर पोखरा । जहाँ होटल, रेष्टुरेन्ट तथा रिसोर्ट मनग्य छन् । त्यो पनि ताल आसपास र पोखरा शहर भित्र । पोखरा उपत्यका बाहिर भने छिटफुट मात्रै भेटिन्छन् ।
प्राय कोलाहलबाट टाढै रहन मन पर्नेहरुको लागि पोखरा नजिकै नयाँ गन्तव्य थपिएको छ । गर्मी छल्न मन पराउनेका लागि, शाहसिक एटिभीमा रम्नेहरुका लागि र स्वादिष्ट परिकारसँग पिरती गाँस्नको रिभर भ्याली रिसोर्ट उपयुक्त हुनसक्छ ।
पोखरा महानगरपालिका २५ सुइखेतस्थित रहेकोे रिभर भ्याली रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि तयार छ । यही महिनादेखि आफ्नो सेवा सुरु गरेको यस रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । साथै यस रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ ।
विशेषगरि बजारको कोलाहलबाट एक रात शान्त वातावरणमा बस्न मन पराउने र आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ ।
रिसोर्टमा राखिएको एटिभी बाईक राईड र स्विमिङ पुलसँगै देखिने प्राकृतिक मनोरम दृश्यले त्यहाँ पुग्ने पर्यटकहरुको मनमा हैकम जमाएको छ ।
पोखरादेखि नजिकै सुइखेत खोलाको छेउमा हरियाली वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक जितेशमान गुभाजु बताए । उनका अनुसार १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुइखेत रिभर भ्यालीबाट बिहानीको सूर्याेदय र बेलुकाको सूर्यास्तको समेत अवलोकन गर्न सकिन्छ ।
‘स्विमिङ, एटिभी बाइक र डेलिसियस फुड’
रिसोर्टमा आउने पर्यटकलाई सुइखेतमामात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभी बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज बनाई सञ्चालन गरिरहेको उनले बताए ।
एटिभी बाईककोमाध्यमबाट अस्ताममा पुगेपछि त्यहाँबाट उत्तरमा रहेका हिमश्रृङखलासँगै हेम्जाफाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने बताए ।

त्यसैगरि छोटो दुरिमा एटिभी बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली हुँदै फेदीसम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाइकिङ गरि कास्कीकोट दरबार अस्तामसम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्विमिङ पुलको समेत व्यवस्था रहेको छ ।
जसका लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल ६ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले जानकारी दिए ।
सो रिसोर्टभित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको बताउदै पर्यटकहरुलाई आकर्षित गरेको बताए । उनका अनुसार रिसोर्टमा पार्किङको पर्याप्त व्यवस्था र बाल उद्यान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि उचित गन्तव्य बनेको छ ।

शान्त वातावरण, प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्न सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण बढेको जानकारी दिदैं बारबिक्यूको समेत व्यवस्था रहेको जानकारी दिए ।
हाल सो रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

