पोखरा महोत्सवमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता शुरु
पाेखरा | माघ २, २०८१
पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन बुधबार सेन्ट मेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्ट मेरिजले बालकन्याण, कालिका मावि र अमरसिंह मावि (बि )लाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
१४ टिमको सहभागीता रहेको विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ४ गते शुक्रबार बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ ।
माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुलबीच प्रीतस्पर्धा रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रचार प्रसार संयोजक दिनेश सुनारका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र
शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सातौं दिन सम्म आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवमा दर्शकको आगमन संगै महोत्सवमा राखिएका स्टलहरुमा समेत ब्यापार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
महोत्सवमा बुधवार लोक तथा दोहोरी गायिका अस्मिता अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्न लिएका थिए । अधिकारी संगै चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारीको दोहोरी प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने राजेन्द्र गिरी ९गुन्दु्रके०को हाँस्यब्यङ्ग्य प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
महोत्सवको आठौं दिन लोक दोहोरी तर्फ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ९ म्याकुरी० को प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि स्व. राम बहादुर थापाको स्मृतीमा जेष्ठ नागरिक समाज नेपाल कास्कीको अक्षयकोषको ब्याजबाट नगद पाँच हजार १ सय संस्थाका सचिव ईच्छा बहादुर वाग्लेसहित छोराहरु शान्त बहादुर थापा, सुनिल बहादुर थापा र शुशिल बहादुर थापाको उपस्थितीमा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरिएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

