४ महिना साइमन पार्टी प्यालेसमा जागिर, छाडेपछि करिब १५ लाख चोरी

इश्वर र पूजा बुटवलबाट पक्राउ

पाेखरा | माघ १५, २०८१

४ महिना साइमन पार्टी प्यालेसमा जागिर, छाडेपछि करिब १५ लाख चोरी

पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको उजुरीपछि पूर्व कामदार २ जना पक्राउ परेका छन् ।

 

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका १० का २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेकी छिन् ।

 

उनीहरुलाई बुटवल प्रहरीको सहयोगमा बुटवल उपमहानगरपालिका ११ कालिकानगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँसहित पक्राउ गरि पोखरा ल्याइएको हो । 
 

 

उनीहरु उक्त पार्टी प्यालेसमा करिब ४ महिनाजति वेटरका रुपमा काम गरेका थिए । श्रेष्ठ द्वयले गत ८ माघमा मात्र जागिर छाडेका थिए ।

 

उनीहरू पतिपत्नी नभएपनि लिभिङ टुगेदरमा रहेको बताइएको छ ।

 

पक्राउ परेका द्वयलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ  ।

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्