बिटी कप माघ २२ देखि, उपाधि राशी १ लाख ८१ हजार
पाेखरा | माघ १६, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
बुद्धटोल युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।
क्लबका अध्यक्ष अशिम थापाले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० टिम बढीको सहभागिता हुने अपेक्षा गरिएको बताए ।
‘आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष थापाले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’
उनले प्रतियोगिताको विजेतालाई १ लाख ८१ हजार १ सय ११ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७÷७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।
उनले प्रतियोगितामा ‘एक गोल एक कपी’ को कार्यक्रमलाई सुरु गरेको बताए । ‘हामीले यो वर्षबाट एक गोल एक कपीलाई सुरु गरेका छौ, उनले भने, ूहामीले प्रतियोगिता अवधिभर जति गोल हुन्छ त्यही बराबरको कापी पोखरा १ भित्रको सरकारी विद्यालयलाई सहयोग गर्छौ ।’
सो प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
बुद्ध टोल युवा क्लबले आयोजना गरेको गत संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

