पोखरामा ‘विरेन स्मृति बिटी कप’ सुरु
राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक
पाेखरा | माघ २२, २०८१
पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।
उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकार दिए ।
उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे ।
यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित ग¥यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे ।
भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।
युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड
प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले राजनीतिकमीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक रहेको बताए ।
‘खेलकुदले सबैलाई अनुशासनमा राख्छ । अहिले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न जरुरी देखिएको छ, गृहमन्त्री लेखकले भने, ‘खेलकुदले आपसी सद्भाव कायम गर्छ । खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य छ ।’
गृहमन्त्री लेखकले अहिले युवाहरु कुलतमा फसिरहेकाले युवा क्लबहरुले जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे ।
‘अहिले युवाहरु लागूऔषधमा फसिरहेका छन् । युवा क्लबहरुले लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ, उनले भने, ‘युवाहरुलाई लागूऔषधबाट जोगाउन खेलकुद, अध्ययन, समाजसेवासँगै राजनीतिमा जोड्न आवश्यक छ ।’
बुद्धटोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

