बिटी कपमा पहिलो चरणका खेल जारी

पाेखरा | माघ २३, २०८१

बिटी कपमा पहिलो चरणका खेल जारी

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएका छन् ।

हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज (बुधबार) भएको पहिलो खेलबाट गोल्डेन नाइटले बिटी टिम ‘सि’ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको विनोद गुरुङले जानकारी दिए ।

 

उनका अनुसार गोल्डेनको जीतमा सनिज थापाले निर्णायक गोल गरे ।

 

यस्तै दोस्रो खेलमा हाम्रो एफसीको अनुपस्थितिमा लामागाउँ गुम्बा टिम ‘बि’ विजयी बन्यो ।

 

एलसी ब्रदर्श बि र जि नाइन घाचोकबीच भएको तेस्रो खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एलसी ब्रदर्श विजयी बन्यो ।

 

चौथो खेलमा बिग सिटी लेकसाइडले टुंडिखेल एफसीलाई ३–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।

 

पाँचौ खेल क्य्रास एफसीले चन्द्र सूर्यलाई ३–१ गोलले हरायो ।
 

 

क्य्रासको जीतमा सचिन गुरुङ, इश्वर बाँनिया र उत्सव श्रेष्ठले समान १÷१ गोल गरे । भने, चन्द्र सूर्यलाई करण तामाङले १ गोल फर्काए ।
 

 

छैटौं खेलमा माछापुच्छ्रे त्रिशक्तिले गहते एफसी बागलुङलाई १–० गोल अन्तरले पराजित गर्याे ।  त्रिशक्तिको जीतमा मनिष ठकुरीले निर्णायक गोल गरे ।

 

यसैगरी आज भएको अन्तिम खेलमा रामघाट एफसीले लेकसिटी एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे ।

 

रामघाटको जीतमा रोशन छन्त्याल, भिषण गुरुङ, शिव सुवेदी र आषिश गुरुङले समान १÷१ गोल गरे । भने, लेकसिटीका लागि बिक्की गुरुङले १ गोल फर्काए । 

 

भोलि (बिहीबार) पनि पहिलो चरणकै खेलहरु हुने क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । 

 

कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । 

 

उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७÷७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 

यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
 

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।   धादिङका प्रमुख जि...

थप पढ्नुहोस्