तनहुँको म्याग्देमा दोस्रो अध्यक्ष कप हुँदै, पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि ३ लाख
पाेखरा | माघ २५, २०८१
पोखरा: तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन ८ गतेदेखि दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप गर्ने भएको छ ।
गाउँपालिकाले दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पर्यटन विकासका लागि खेलकुद भन्ने नारासहित फागुन ८ देखि २२ गतेसम्म दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा फुटबल,ब्याडमिन्टन र वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको बताए ।
उनका अनुसार म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ । पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेताले ५०÷५० हजार र उपविजेताले ५०÷५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सर्भर, सेटर,ब्लकर,लिब्रो र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गर्ने पालिकाले जनाएको छ ।
यस्तै फागुन १३ देखि २२ गतेसम्म गण्डकी प्रदेश पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिता म्याग्दे गाउँपालिका–७ छाङ्ग फुटबल मैदानमा सञ्चालन हुनेछ ।
उक्त प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागतर्फ सर्वाधिक गोलकर्ता, उत्कष्ट मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई १५÷१५ हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन एक पालिका टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको पालिकाले जनाएको छ ।
यस्तै जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते म्याग्दे गाउँपालिका–४ थर्पु ब्याडमिन्टन क्लबको कवर्डहलमा हुनेछ । यस प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टोलीले १०÷१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याग्दे गाउँपालिकाले यस प्रतियोगिता सञ्चालनमा लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा २० लाख रुपैयाँ बजेट बिनियोजित गरेको छ ।
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघ...

