आज साउन १५, खीर खाने दिन
पाेखरा | साउन १५, २०७९
‘असार १५ दही(चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरुले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउछन् ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बच्न खीर खाने गरेको पाइन्छ ।
नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा-मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् ।
असार १५ भित्र खेतिपातिको काम सकेर फुर्सदिलो हुने भएकाले किसाहरुले खीर खाने गरेको भन्ने भनाइ पनि छ। तर पछिल्लो समय खीर सबैको रोजाइमा पर्ने गरेको छ। असारको झरीमा रुझेको शरीरलाई शक्ति दिन खीर खाने गरेको किसान बताउँछन्।
आवश्यक सामग्री
-चामल
- दूध
- काजु
- किसमिस
-बदाम
- मरिचको दूलो
- चिनी
पकाउने विधि
सबैभन्दा पहिले कतिजनालाई खीर पकाउने हो त्यहीअनुसार चामल पानीमा भिजाउने। चामललाई करिब २र३ घन्टा पानीमा भिजाउनुपर्छ। माथि तयार पारिएका मसलाहरूलाई घिउमा हल्का रातो हुनेगरी भुट्नुपर्छ। अब खीर पकाउने भाँडो चुलोमा बसाल्ने। त्यसमा आवश्यकताअनुसार घिउ राख्ने। घिउ तातिसकेपछि त्यसमा भिजाएको चामल हल्का रातो हुनेगरी भुट्ने।
चामल भुटिइसकेपछि त्यसमा दूध राख्ने। आगो सानो बनाउने। पटक पटक चलाइरहने। चामल पाकिसकेपछि तयार पारेको मसला र स्वादअनुसार चिनी राख्ने। सबै मरमसला राखेर खीर राम्रोसँग चलाउने। यसरी तयार पारेको खीर तरकारी र अचारसँग खाँदाको मज्जा नै बेग्लै हुन्छ।
अझ जाँगर छ भने खीरसँगै पुरी पनि बनाएर खान सकिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

