गायिका निरा थापा मगरको दोश्रो प्रस्तुति ऋषिङ्गे भेना सार्वजनिक (भिडियोसहित)
पाेखरा | फागुन ५, २०८१
पोखरा: मिस मगर लोक दोहोरी गायिका निरा थापा मगरको दोश्रो प्रस्तुति ऋषिङ्गे भेना सार्वजनिक गरिएको छ ।
आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समावेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन ।
मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगीतिक कोसेली बजारमा ल्याएकी हुन ।
उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगरबाट सोमबार सार्वजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन ।
उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छ भने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ ।
रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन । गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।
उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् भने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष १...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन...
काठमाडौं: यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओ...

