रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
काठमाडाैं | फागुन १७, २०८१
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उहाँ मृत फेला पर्नुभएको थियो ।
जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो ।
आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताउनुभएको थियो ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

